काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानको मतगणना शुरु भएको छ ।
मतगणनाको पहिलो अपडेट अनुसार प्युठानमा रास्वपाका सुशान्त वैदिकले ५०५ मतसहित शुरुवाती अग्रता लिएका छन् । त्यस्तै नेपाली काँग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मत पाएका छन् भने जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत प्राप्त गरेकाछन् । त्यस्तै नेकपाका कृष्णध्वज खड्काले १०८ र एमालेका सुर्य थापाले ६९ मत प्राप्त गरेका छन् ।









