• २०८३ बैशाख ५ शनिबार

खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित

खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित भएको छ । राजधानी तेहरानमा बुधबार राति आयोजना हुने भनिएको समारोहलाई आयोजनासँग सम्बन्धित व्यवस्थापनमा समस्या देखिएको कारण स्थगित गरिएको तस्नीम समाचार संस्थाले जनाएको छ ।

प्रारम्भमा यो कार्यक्रम बुधबार राति १० बजे सुरु हुने तय भएको थियो र देशका विभिन्न प्रान्तबाट ठूलो संख्यामा सहभागी हुने अपेक्षा गरिएको थियो ।

एक अधिकारीका अनुसार, धेरै प्रान्तबाट आउने सहभागीका कारण व्यवस्थापनमा चुनौती देखिएपछि समारोह स्थगित गरिएको हो । समारोहको नयाँ मिति पछि सार्वजनिक गरिने बताइएको छ ।

गत शनिबार आफ्नै निवासमा देशका उच्च अधिकारीहरुको बैठक गरिरहेका बेला अमेरिका र इजरायलले गरेको आक्रमणमा परेर खामेनीसहित ४० भन्दा बढी उच्च अधिकारीको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै