• २०८३ बैशाख ५ शनिबार

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी

काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको जानकारी सार्वजनिक गरिएको छ ।

इरान सरकारका सल्लाहकार युसुफ पेजेश्कियनले सामाजिक सञ्जालमार्फत मोजतबा खामेनी सुरक्षित रहेको बताएका हुन् । उनका अनुसार यसअघि युद्धका क्रममा खामेनी घाइते भएको खबर बाहिरिए पनि पछि गरिएको जाँचपछि उक्त खबर गलत रहेको पुष्टि भएको छ ।

पेजेश्कियनले सामाजिक सञ्जालमा लेख्दै मुजतबा खामेनी पूर्ण रूपमा सुरक्षित रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले प्रारम्भिक रूपमा आएको घाइते भएको खबर सही नभएको स्पष्ट पारेका छन् ।

मोजतबा इरानको सर्वोच्च नेता बनेदेखि सार्बजनिक रुपमा देखिएका छैनन् भने उनलाई अमेरिका र इजरायलले आफुहरुको निशानामा रहेको चेतावनी दिदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै