काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर तोलाको ५७४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५७२५ मा कारोबार भएको थियो ।









