नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सीमा ७२ घण्टा बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरु फागुन १८ गतेदेखि फागुन २१ गते राती १२ बजेसम्म बन्द रहने जानकारी दिएको छ ।









