• २०८३ बैशाख २८ सोमबार

थाइल्यान्डमा शिक्षक र विद्यार्थी बन्धक बनाउने युवक पक्राउ

थाइल्यान्डमा शिक्षक र विद्यार्थी बन्धक बनाउने युवक पक्राउ

काठमाडौँ । थाइल्यान्डको दक्षिणी भागस्थित हाट याई जिल्लाको एक विद्यालयमा सशस्त्र युवकले प्रवेश गरी शिक्षक र विद्यार्थीलाई बन्धक बनाएको घटना सार्वजनिक भएको छ ।

रिपोर्ट अनुसार घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सबै बन्धकलाई सकुशल उद्धार गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

बुधबार भएको उक्त घटनामा कम्तीमा तीन जना घाइते भएका छन् । प्रान्तीय प्रशासनले बन्दुकधारी १८ वर्षीय युवक रहेको जानकारी दिएको छ ।

थाइल्यान्डमा सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा एक पूर्व प्रहरी अधिकारीले नर्सरीमा बन्दुक र चक्कु प्रहार गरी २२ बालबालिकासहित ३६ जनाको हत्या गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै