काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।
एन्फाले ३२ खेलाडीको सूची सार्बजनिक गरको हो । प्रारम्भिक सूचीमा रहेका खेलाडीमा अनिता बस्नेत, हिरा भुजेल, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, जेनिफर राणा, मनमाया दमाई, मीना देउवा, अन्जिला तुम्बापो सुब्बा, नेहा कुमारी चौधरी, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समिक्षा घिमिरे, अस्मिता नेपाली, बर्षा ओली, बिमला बिके, निशा ठोकर, पूनम चेम्जोङ, प्रतिक्षा चौधरी, बिर्सना चौधरी, प्रीति राई, दिपा शाही, पुजा राना, गीता राना, पूर्णिमा राई, सरस्वती हमाल, सारु लिम्बु, सुक्रिया मिया, सुशिला कुमारी चौधरी र उषा नाथ रहेका छन् ।
फिफा सिरिज अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग खेल्ने भएको एन्फाले जानकारी दिएको छ । यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन् । प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ । त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।









