काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
छातीमा संक्रमण भएपछि नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।
जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जानकारी दिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन् ।









