• २०८२ माघ १८ आइतबार

यस्तो छ आजको मौसम पूर्वानुमान

kharibot

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागमा पूर्णतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक-दुई स्थान हल्का वर्षा भईरहेको छ । आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लागायत  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै