• २०८२ माघ ५ सोमबार

सीटीईभीटीको उपाध्यक्ष सिफारिस गर्न अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि ८ जना छनौट

kharibot

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षका ८ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको छ । समितिले ८ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गरिने जनाएको छ ।

आइतबार समितिले सार्बजनिक गरेको सूची अनुसार उपेन्द्र पोखरेल, उमेशकुमार मिश्र, काजीराम अधिकारी, कुष्माकर भट्ट, खेमराज जोशी, टैलेन्द्र आचार्य, मोहम्मद सफिउल्लाह र हरिशंकरप्रसाद साह रहेका छन् ।

समितिले पुस २८ गते उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरणको समय तोकिएको जनाएको छ । अन्तर्वार्ता र प्रस्तुतीकरणपछि समितिले ३ जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्ने छ ।

२०८१ माघदेखि नै सीटीईभीटीमा उपाध्यक्ष रिक्त रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै