काठमाडौँ । मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
सीबीएसको रिपोर्ट अनुसार भूकम्पबाट दुई जनाको मृत्यु र कैयौं घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिमी राज्य गुरेरोको सान मार्कोस नजिकै रहेको थियो, जुन लोकप्रिय पर्यटकीय शहर अकापुल्कोको नजिकै थियो ।
गुरेरोका गभर्नर एभलिन साल्गाडोले राज्यमा एक ५० वर्षीया महिलाको मृत्यु भएको बताइन् । यसैबीच, मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाले ६० वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेकी छिन् । उनले १२ जना घाइते भएको पनि बताइन्।
ब्रुगाडाका अनुसार, शुक्रबारको भूकम्पपछि पनि पराकम्पनहरू महसुस भइरहेको छ । उनले स्थानीयहरूलाई शान्त रहन र सधैं लाइफ ज्याकेट तयार राख्न आग्रह गरेकी छन् ।









