• २०८२ पौष २२ मंगलबार

रास्वपाको समानुपातिक उम्मेदवारबाट पछि हटिन् डा. त्रिशाला गुरुङ

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवारमा सिफारिस गायिका एवं डा. त्रिशाला गुरुङले आफु उम्मेदवार नबन्ने स्पष्ट गरेकी छन् । 

गुरुङले समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु आफ्ना लागि ठूलो सम्मान र जिम्मेवारीको विषय भएको बताउदै गहन आत्ममूल्यांकन पश्चात उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराएकी छन् ।

उनले यस निर्णयको मूल कारण आफ्नो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने दृढ संकल्प रहेको बताएकी छन् ।

उनले भनेकी छन्- 'गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो । म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु । राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहनेछु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै