काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेतृत्वलाई समानुपातिक सूचीप्रति असन्तुष्टि जनाउदै सच्याउन आग्रह गरेका छन् ।
प्रवक्ता शाहीले राप्रपाको नेतृत्वलाई अवसरवादी र परिवारवादबाट बाहिर निस्किन आग्रह गर्दै विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउन माग गरेका छन् ।
उनले भनेका छन्- 'समानुपातिक बन्दसूची सच्याउने समय ७ दिनको तोकियो, समयमै राप्रपाले विचार गरौँ । विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउनुहोस् । राप्रपाका नेतृत्वहरू अवसरवादी र परिवारवादबाट बाहिर निक्लिनुहोस् ।'
राप्रपाले बुझाएको समानुपातिक सूचीमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ श्रीमती तथा राप्रपा महिला संगठनकी नेता सरस्वती लामासहितको नाम राखिएको प्रति विवाद भएको छ ।









