• २०८१ बैशाख १६ आइतबार

किन कोही मानिस पशुसँग सम्भोग गर्न चाहन्छ ? यस्तो छ कारण : 

kharibot

एजेन्सी । भारतको हरियाणाको मेवात इलाकामा एक गर्भवती बाख्रासँग एक मानिसले सम्भोग गर्दा उक्त बाख्रा मरेको खबर अन्तर्राष्ट्रिय रुपमै चर्चाको विषय बनेको थियो । यो जुलाई २५ को घटना हो । तर यो घटनाको चर्चा भने चार दिनपछि मात्रै चुलिएको थियो । जब मेवात प्रहरीले यस मामिलामा एक अभियोग दर्ता गरे । प्रहरीले पशुसँग सेक्स गरेको र यसलाई एनिमल क्रुआलिटी एक्टको उल्लंघन गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । 

प्रहरीसम्म यो मामिला पुगेपछि उक्त बाख्राको पोष्टमार्टम गरियो । तर अभियोग पुष्टि भएन । अर्कै कारण बाख्रा मरेको भनियो । उक्त मामिलामा कोही पनि पक्राउ परेका छैनन् । प्रहरीले यसबारे जाँच गरिरहेको बताएको छ । 

जनावरसँग सेक्स ? 
अंग्रेजीमा यसलाई बेष्टियालिटी भनिन्छ । यसको अर्को मतलब अति क्रूर व्यवहार भन्ने हुन्छ । अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै मानिस र जनावरबीचको सेक्सलाई बेष्टियालिटी भन्ने गरिन्छ । भारतमा जनावरसँगको सेक्सलाई दण्डनीय मानिन्छ । एउटा रिसर्च जर्नलमा प्रकाशित शोधअनुसार बेस्टियालिटी एउटा यौन हिंसा हो । जसमा कुनै जनावरको प्रयोग गरी आफ्नो यौन सन्तुष्टि लिइन्छ । यसको उद्देश्य पनि केवल शारीरिक सन्तुष्टि लिनु हो । यसमा भावनात्मक लगाव हुँदैन । तर कुनै कुनै समुदायमा भने यौन संक्रमितहरुको औषधिका रुपमा पनि लिने गरिएको पाइन्छ । दिल्लीमा रहेको सेक्सोलजिष्ट विनोद रैनाका अनुसार यस्ता मानिसहरु ‘स्याडेष्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै दिमागी मामिला हो । बेष्टियालिटी दुई कारणले हुनसक्छ । एउटा यौन कुण्ठा र अर्को सेक्सुअल फ्यान्टासीका कारण । 

एक रिपोर्टअनुसार बच्चाहरुले पनि यस्तो हर्कत धेरै पटक गरेका हुन्छन् । कुनै बच्चामा यस्तो मामिला आयो भने गम्भीर हुनुपर्छ । पछि पछि गएर यसले खतरनाक स्वरुप लिनसक्छ । रिपोर्टमा जनाइएअनुसार यस्ता घटना थाहा पाए पनि हामी खासै गम्भीर रुपले लिँदैनौँ, जुन गलत हो । डा. रैनाका अनुसार परिवारमा सेक्सबारे हुने माहौलले पनि प्रभाव पारेको हुन्छ । एक त परिवारमा यसबारे खुलेर कुराकानी हुँदैन । यस्तोमा सेक्स पत्ता लगाउन मानिसहरु जनावरसँग लहसिन पुग्छन् । 

धेरै ठाउँमा घट्छन् यस्ता घटना 
हरियाणामा भएजस्तै घटना अन्त पनि हुने गरेका छन् । अमेरिकाको उत्तरपूर्वी राज्य फ्लोरिडामा पशुसँग हुने यौन क्रियाकलापमा बाख्रालाई धेरै टार्गेट गर्ने गरेको पाइएको छ । एनसीबीको रिपोर्टमा पनि एउटा यस्तै मामिलाबारे जिकीर गरिएको थियो जहाँ एउटा १८ वर्षीय युवकले आफ्नै गौशालामा दुई बाच्छीसँग यस्तो दुष्कर्म गरेको थियो । दुवै बाच्छीहरु एकपछि अर्को गरी मरे । पछि फरेन्सिक रिपोर्टमा मानव वीर्य भेटिएको थियो । त्यसपछि उक्त युवकलाई गिरफ्तार गरी सोधपुछ गर्दा उसलाई कुनै पश्चात्ताप नभएको पाइएको थियो । भारतजस्तै नेदरल्याण्ड, डेनमार्क, फ्रान्स र स्विट्जरल्याण्डमा पनि यो प्रतिबन्धित रहेको छ । त्यस्तै जर्मनीमा पनि प्रतिबन्धित छ भने बेलायतमा २००३ बाट यस्ता अपराधीलाई आजीवन काराबासलाई घटाएर दुई वर्ष सजाय दिइने व्यवस्था मिलाइएको छ । तर हंगेरी, फिनल्याण्डमा भने यसलाई सामान्य रुपमा लिइन्छ । सन् २०११ मा आएको डेनमार्क सरकारको एउटा रिपोर्ट अनुसार १७ प्रतिशत जनावरका डा.हरुले आफूहरुले उपचार गरेका जनावरमध्ये कमसेकम एक जनावरमाथि मानिसको दुष्कर्म पत्ता लागेको थियो । 

के यो मनोविकार हो ? 
एनसीबीको रिपोर्टका अनुसार यस प्रकृतिका समस्या खासगरी असन्तुलन जीवन जिउने मानिसमा रहेको हुन्छ । अझ जो घरेलु हिंसापीडित हुन्छन् र तनाविलो जीवन जिइरहेका हुन्छन् । त्यस्तै बाल्यकालमा यौनहिंसाको शिकार भएकाहरुमा पनि यस्तो समस्या हुन्छ । साइकोलजिष्टका अनुसार असाधारण यौन क्रियाकलापलाई पेरिफिलिया भनिन्छ । बेस्ष्टियालिटी यसकै एउटा प्रकार हो । त्यस्तै न्याक्रोफिलिया अर्को प्रकार हो । यस्ता व्यक्ति भने मृत शरीरसँग यौनक्रिडा गर्छन् । 

के होला कारण ? 
एक्लोपना, मानसिक विकार नै यसको कारण हो । 

औषधि के त ? 
एक डाक्टरका अनुसार यसको लागि अवर्सिव थेरापी दिने गरिन्छ । तर यो आजको समयमा चलनचल्तीमा छैन । यस थेरापीमा उक्त मानिसलाई उसलाई कुनै जनावरसँग रहेको मनाइन्छ तर यसो गर्दाको बेला उक्त व्यक्तिलाई करेन्ट दिने गरिन्थ्यो ताकि पछि उसलाई दुःखाइको अनुभूति होस् र यसबाट टाढा रहोस् । यसबाहेक अरु पनि उपचार गरिन्छ । 

कस्ता मानिस हुन्छन् यस घटनासँग सम्बन्धित ? 
ह्युमन–एनिमल रोल–प्लेयर्स
: जसले जनावरसँग कहिल्यै सेक्स गरेका छैनन् तर इच्छा भड्किँदा जनावरसँग गर्न पुग्छन् । 
रोमान्टिक पशुप्रेमी : यस्ता मानिसहरु जसले आफ्नो घरमा पाल्तु जनावर राख्छन् । यिनीहरु साइकोसेक्सुअल्लीबाट आकर्षित हुनपुग्छन् । यद्यपि यिनीहरु सेक्स नै चाहिँ गर्दैनन् । 
असामान्य कल्पनाशील मानिस : यिनीहरु यस्ता हुन्, जो पशुसँग सेक्सुअल इन्टरकोर्सका बारे सोचिरहन्छन् तर उनीहरु सम्पर्क नै चाहिँ राख्दैनन् । 
पशुप्रेमी : यस्ता मानिस जो पशुलाई स्पर्श गर्छन् । यिनीहरुले अंगालो हाल्ने, छुने जस्ता व्यवहार गर्छन् । यिनीहरुले पशुको गुप्तांग पनि छुन्छन् तर सेक्स नै चाहिँ गर्दैनन् । 
अतिउत्साही : यिनीहरु पशुका सबै भाग हेर्छन् । धेरैपटक कामुक नजरबाट मापन गर्छन् । यिनीहरु पशुबीच हुने सम्पर्कको बेला समेत धेरै सक्रिय हुन्छन् । 
क्रूर कामुकता : यिनीहरु पशुको बलात्कार गर्छन् । 
मौका खोज्ने मानिस : यिनीहरु साधारण नै हुन्छन् तर मौका मिल्नासाथ पशुमाथि जाइलाग्छन् । 
नियमित पशुप्रेमी : यस्ता मानिस पशुसँग सेक्स गर्दा सन्तुष्ट मान्छन् । यिनीहरुलाई मानवीय भन्दा पाशविक सेक्समा बढी प्रसन्नता हुन्छ । 
हिंस्रक् : यिनीहरु सेक्स गर्दागर्दै पशुलाई नै मारिदिन्छन् । यहाँसम्म कि यिनीहरु पशुहरु मरेपछि पनि सेक्स गर्छन् । 
एक्सक्लुसिभ पशुप्रेमी : कोही कोही यस्ता पनि हुन्छन् जो पशुसँग सेक्स गर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय