काठमाडौँ । नेकपा एमालेले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।
मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने ११औ महाधिवेशनको तयारी तिब्र भइरहेका बेला १० हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिइएको छ ।
अहिले दल, संगठन, सुरक्षा तथा व्यवस्थापनका सबै पक्षमा तयारी तीव्रगतिमा भइरहेको बताइएको छ । महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित सल्लाघारीस्थित खुल्लाचौरमा हुने भएको छ भने बन्दसत्रको कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा तय गरिएको छ ।
एमालेको यस महाधिवेशनमा २४ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिदैछन् । एमालेले मङ्सिर १३ गते नै देशभर एकैपटक महाधिवेशन प्रतिनिधि छनौट गरेको थियो । धेरै जसो जिल्लामा सहमतिमा प्रतिनिधि छनौट भएपनि केहि जिल्लामा चुनावबाट प्रतिनिधि छानिएको थियो ।









