काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गर्न लागिएको भन्दै विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले सुशिला कार्की नेतृत्वको सरकारले इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्:
सुशीला कार्की नेतृत्वको सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा भएको सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ। यस सम्झौताको जनताबाट चौतर्फी विरोध हुँदै आएको छ।









