• २०८२ मङ्सिर १८ बिहीबार

विराटनगरले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको हो ।

विराटनगरका लागि लोकेश बमले सर्बाधिक ३५ रन बनाए भने बसिर अहमदले २८, साम हीजलेटले २७, फफ डु प्लेसिसले १२, प्रतिस जिसीले ११ र मर्चेन्ट डी लांगले १० रन बनाएका थिए ।

त्यस्तै लुम्बिनी लायन्सका बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिए भने जेजे स्मिट, अभिषेश गौतम र रुबेन ट्रम्पेलम्यानले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै