• २०८३ मङ्सिर ६ आइतबार

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार, प्रदेश प्रमुखको कार्यालयलमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै