• २०८२ मङ्सिर २५ बिहीबार

काठमाडौँको पेप्सीकोलामा जुवातास खेलिरहेका ११ पक्राउ

kharibot

काठमाडौँ । काठमाडौं महानगर-३२ पेप्सीकोलास्थित सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ५ सय ३० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै