• २०८२ मङ्सिर १५ सोमबार

माघ मसान्तसम्म थपियो काँग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद

kharibot

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

आजको बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै एक महिनाको ग्रेस पिरियड राखेर केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपिएको प्रवक्ता महत्तले जानकारी दिएका हुन् । काँग्रेसको वर्तमान कार्यसमितिको म्याद मंसिर २३ गते सकिदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै