काठमाडौँ । दक्षिण भारतीय सिनेमाकी चर्ची अभिनेत्री सामन्था रुथ प्रभुले वैवाहिक सम्बन्ध शुरु गरेकी छन् ।
अभिनेता नागा चैतन्यसँग सम्बन्ध विच्छेद भएको लगभग चार वर्षपछि, सामन्था रुथ प्रभुले नयाँ जीवन सुरु गरेकी हुन् ।
सामन्थाले सोमबार निर्देशक राज निदिमोरुसँग विवाह गरेको जानकारी दिएकी छन् । सामन्थाले इन्स्टाग्राममा सुन्दर विवाहका तस्बिरहरू सेयर गरेकी छन्, जसमा उनी रातो साडीमा दुलहीको रूपमा सजिएकी देखिन्छिन् ।
सामन्थाले २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । नागा चैतन्यले पछि गत वर्ष अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरे ।
त्यस्तै निर्देशक राज निदिमोरुको पनि दोस्रो विवाह हो । राजले २०१५ मा शिमाली डीसँग विवाह गरेका थिए भने २०२२ मा डिभोर्स भएको थियो । राज चर्चित लेखक-निर्देशक जोडी राज एण्ड डिकेका राज हुन् । दुवै जना बलिवुड र दक्षिण भारतमा थ्रिलर सिनेमा र सिरिज निर्माणका लागि चर्चित छन् । दुवैले द फ्यामिली म्यान, फर्जी जस्ता सिरिज निर्माण गरेका छन् ।









