• २०८२ मङ्सिर १ सोमबार

बक्स अफिस रिपोर्ट: जारी-२ को शानदार कमाई, परानले जेरी अन टपलाई चुनौती दिदै

kharibot

काठमाडौँ । अघिल्लो साताको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार एक कार्तिक २९ गते शनिबारसम्म जारी-२ ले ४ करो ९२ लाख २२ हजार ९७६ ग्रस कमाई गरेको छ । त्यस्तै एक सातामा जारी-२ को कुल एक लाख ६२ हजार ३३३ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले २ करोड ४३ लाख ३५ हजार ५८७ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले ९० हजार ५२६ टिकट बिक्रि गरेको छ । 

त्यस्तै अघिल्लो साता रिलिज भएको फिल्म परानले निरन्तर राम्रो कमाई गरिरहेको छ । परानले शनिबारसम्म ९ करोड ८६ लाख ९४ हजार ७६४ ग्रस कमाई गरेको छ ।  साथै परानले अहिलेसम ३ लाख ४७ हजार १७५ टिकट बिक्रि गरेको छ ।

परानले लगातार बक्स अफिसमा दर्शकको साथ पाएकोले त्यसअघि रिलिज भएको जेरी अन टपलाई चुनौती दिने देखिएको छ ।  जेरी अन टपले अहिलेसम्म १२ करोड ७ लाख ३४ हजार २४६ ग्रस कमाई गरेको छ । साथै जेरी अन टपले ३ लाख ८५ हजार ९२८ टिकट बिक्री गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै