• २०८२ मङ्सिर १ सोमबार

फिल्म ‘ऊनको स्वीटर’ भारतमा पनि प्रदर्शन हुने

kharibot

काठमाडौँ ।  नेपालमा हिट भएको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा पनि प्रदर्शन हुने भएको छ ।

निर्माण कम्पनी आर्टमान्डुले नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि भारतका विभिन्न स्थानमा फिल्म रिलिज हुने जानकारी दिएको छ । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको फिल्मको नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने पनि तय भएको छ ।

पहिलो चरणमा भारतको राजधानी दिल्लीसहित नेपाली भाषीहरूको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कुर्सियाङ, कालिम्पोङ, आसाम, दिल्लीसहितका सहरमा फिल्म प्रदर्शन हुने निर्देशक नवीन चौहानले जानकारी इद्येका छन् । उनका अनुसार पीभीआर, आइनोक्स जस्ता भारतका प्रतिष्ठित मल्टीप्लेक्स चेनमा फिल्म प्रदर्शन हुने तयारीमा छ । 

अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । चिन्तनराज भण्डारीको छायांकन रहेको फिल्मका गीतमा सुजन चापागाईं र कोविद बज्रले संगीत दिएका छन् । फिल्मका ‘मखमली’ ‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानीमा’ गीत निकै चर्चित बनेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै