काठमाडौँ । साउदी अरेबियामा भारतीय तीर्थयात्रीहरू बोकेको बस दुर्घटनामा परेको छ । साउदी अरेबियाको जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासले दुर्घटनाको पुष्टि गरेको छ ।
मिडिया रिपोर्टका अनुसार दुर्घटनामा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । तीर्थयात्री भारतको हैदरावादका भएको बताइएको छ ।
तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै हेल्पलाइन केन्द्र स्थापना गरेको जानकारी दिएका छन् ।
साउदीस्थित भारतीय महावाणिज्य दूतावासलेसाउदी अरेबियाको मदीना नजिकै भारतीय तीर्थयात्रीहरू संलग्न भएको दुखद बस दुर्घटना भएको र सो दुर्घटनालाई ध्यानमा राख्दै, जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासमा नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिएको छ ।
प्रारम्भिक जानकारी अनुसार, मक्काबाट मदीना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोक्किएर आगलागी भएको बताइएको छ । दुर्घटनामा ११ महिला र १० बालबालिका समेत परेको गल्फ न्यूजले उल्लेख गरेको छ । दुर्घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।









