काठमाडौँ । पोर्चुगल फिफा विश्वकपमा छनौट भएको छ ।
गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पोर्चुगलले अर्मेनियालाई ९-१ गोल अन्तरले पराजित गरेसँगै समुहमा शिर्ष स्थानमा रहदै फिफा विश्वकपमा छनौट भएको हो ।
आफ्ना नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बिना खेलेको पोर्चुगलका लागि ब्रुनो फर्नानडेज र जोआओ नेभेजले ह्याट्रिक गरेका थिए । त्यस्तैरेनाटो भेइगा, गोन्कालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल गरेका थिए । त्यसैगरी अर्मेनियाका लागि एक गोल एडुआर्ड सपेर्ट्सयानले गरेका थिए ।
यो जितपछि पोर्चुगलको समुह एफ मा ६ १३ अंक भएको छ र शिर्ष स्थानमा छ भने आयरल्याण्ड ६ खेलमा १० अंकसहित दोस्रो र हंगेरी ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अर्मेनिया ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।









