• २०८२ मङ्सिर १ सोमबार

विश्वकप छनौटको खेलमा नर्वे र इटाली विजयी

kharibot

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वे र इटाली विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा नर्वेले इस्टोनियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा अलेक्जाण्डर सोरीओथ र इर्लिंग हालाण्डले २-२ गोल गरेका थिए । त्यस्तै इस्टोनियाका लागि रोबी सार्माले एक गोल गरेका थिए ।

त्यस्तै युरोप छनौटको समुह आइ मा नै रहेको इटालीले मोलडोभालाई २-० ले पराजित गरेको छ । इटालीको जितमा गियानलुका मान्चिनी र फ्रान्सेसको पियो एसपोसिटोले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह आईमा नर्वेको ७ खेलमा २१ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इटालीको ७ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इस्टोनियाको ८ खेलमा ४ अंक छ भने मोलडोभाको ७ खेलमा एक अंक रहेको छ ।

अब यस समुहको अर्को खेल नर्वे र इटालीबीच नोभेम्बर १७ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै