• २०८२ कार्तिक २५ मंगलबार

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका थिए । 

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै