• २०८२ कार्तिक २५ मंगलबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

kharibot

पर्वत । आफ्नै श्रीमती ५२ वर्षीया सिता विकको हत्या गरेको अभियोगमा मोदी गाउँपालिका-६ दराक बस्ने ५१ वर्षीय जित बहादुर विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जित बहादुरले कुटपिट गर्दा सिता गम्भीर घाइते भएको भन्ने खबर प्रात हुनासाथ प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सिताको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै