• २०८२ कार्तिक २५ मंगलबार

दुई दिने भ्रमणका लागि भुटान पुगे मोदी

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले भुटान पुगेर भनेका छन्- 'म भुटान पुगेको छु । स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्दछ ।'

प्रधानमन्त्री मोदीले उनको भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै