• २०८२ असोज २३ बिहीबार

बेलायती प्रधानमन्त्री स्टारमर मुम्बईमा, आज मोदीसँग भेट्दै

kharibot

काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले भारत भ्रमणका क्रममा मुम्बई पुगेका छन् । बुधबार मुम्बई पुगेका स्टारमरले बलिउड अभिनेत्री रानी मुखर्जीसँग फिल्म हेरे भने उनले यशराज स्टुडियोको भ्रमण गरेका छन् ।

२०२४ मा प्रधानमन्त्री बनेपछिको यो स्टारमरको पहिलो भारत भ्रमण हो । उनीसँगै व्यापार, संस्कृति र अन्य क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको प्रतिनिधिमण्डल पनि भारत आएको छ, जसमा आईटी र अटोमोबाइल लगायत विभिन्न क्षेत्रका व्यापारिक नेताहरू पनि रहेका छन् ।

स्टारमरले बुधबार नै कूपरेज ग्राउन्डमा भएको फुटबल कार्यक्रममा भाग लिएक छन् भने केहि फुटबल फ्यानहरुसँग भेट गरेका छन् ।

स्टारमरसँगको भेटवार्तापछि यशराज फिल्म्सले  (वाईआरएफ) २०२६ देखि युनाइटेड किंगडम (युके) मा आफ्ना तीन प्रमुख फिल्महरू छायांकन गर्ने जानकारी दिएको छ । बेलायती प्रधानमन्त्रीले यो कदमले बेलायतमा ३,००० भन्दा बढी रोजगारी सिर्जना गर्ने बताएका छन् ।

प्रधानमन्त्री स्टारमरले भने- 'बेलायतमा बलिउड पुनरागमन गर्दैछ। यो साझेदारीले भारत-बेलायत व्यापार सम्झौताको वास्तविक उद्देश्य पूरा गर्दछ ।'

स्टामर र प्रधानमन्त्री मोदी आज मुम्बईमा एक कार्यक्रममा भेट हुने छ र 'भिजन २०३०' अन्तर्गत साझेदारीको विकासको बारेमा छलफल गर्नेछन् ।

भारत-बेलायत स्वतन्त्र व्यापार सम्झौता यस वर्ष जुलाईमा हस्ताक्षर गरिएको थियो । यस सम्झौताको उद्देश्य २०३० सम्ममा पारस्परिक व्यापारलाई दोब्बर गरी १२० अर्ब डलर पुर्‍याउनु हो ।

एफटीएले कपडा, छाला र कृषि उत्पादनहरू जस्ता भारतीय उत्पादनहरूलाई बेलायतमा बेच्न सजिलो बनाउनेछ । अब स्टारमरको भ्रमण दुई देशबीचको व्यावसायिक सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै