काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्बजनिक गरेको छ ।
क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार नोभेम्बर १७ मा पहिलो खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने भएको छ । त्यस्तै लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ ।
त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ । त्यस्तै डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ ।
क्यानले सबै खेलहरु बिहान ११: १५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ । त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे शुरु हुने उल्लेख गरेको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुने छ ।










