• २०८२ कार्तिक २५ मंगलबार

एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु- रामकुमारी झाँक्री

kharibot

काठमाडौँ । रामकुमारी झाँक्रीले विगतमा आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् ।

एमालेमा फर्किने कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताउदै आफुले पाउने सजाय पनि समयले नै दिने बताएकी हुन् ।

झाँक्रीले जेनजी आन्दोलनको जिम्मा लिनेहरुले सिंहदरबार र सर्वोच्च अदालत जलेको पनि जिम्मा लिनुपर्ने बताउदै अहिले जेनजी आन्दोलनका स्टकहोल्डर र एमाले ध्रुविकरण भएको धारणा राखेकी छन् । उनले जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आव्हान गर्दै एमालेमा जेनजीका लागी स्पेस रहेको बताइन् ।

झाँक्री र किसान श्रेष्ठसहितका एकीकृत समाजवादीका सयौं नेताहरु आज एमालेमा फर्किएका छन् । सबैलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै