काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा अ-राजनीति भएको टिप्पणी गरेका छन् ।
मधेश प्रदेशमा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री बनाएर सिन्धुलीको होटलमा शपथ गराएपछि महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको बताएका छन् । उनले भने- 'मधेस प्रदेशमा भएको `अ-राजनीति´ दु:खद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ । १६८(२) को सरकार बन्ने सम्भावना छँदै, मंचन भएको `प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।'









