• २०८२ कार्तिक १७ सोमबार

महिला क्रिकेट विश्वकप फाइनल: भारतले दक्षिण अफ्रीकालाई दियो २९९ रनको लक्ष्य

kharibot

काठमाडौँ । भारतले महिला क्रिकेट विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई २९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनाएको थियो ।

भारतका लागि शफाली बर्माले सर्बाधिक ८७ रन बनाएकी छन् भने  दिप्ती शर्माले ५८ रन बनाएकी थिइन् । त्यस्तै स्मृति मन्धनाले ४५, रिचा घोषले ३४ रन बनाएकी थिइन् ।

त्यसैगरी दक्षिण अफ्रिकाकी बलर आयाबोंगाले ३ विकेट लिएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै