काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरुबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको बताएकी छन् ।
प्रधानमउनले संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भएको बताउदै नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर् रहेको बताएकी छन् ।
न्त्री कार्कीले बुधबार सम्पन्न सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरुबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको उल्लेख गर्दै देशका चुनौतीहरू सबैका साझा भएको र समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुने बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता प्रति साझा प्रतिबद्धता भएको बताउदै यही आधारमा स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्ने बताएकी छन् ।









