• २०८२ कार्तिक १६ आइतबार

चुनावको माहोल बन्यो- मन्त्री खरेल

kharibot

काठमाडौँ । सञ्चारमन्त्री जगदीश खरेलले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच भएको छलफल उपब्धिमूलक रहेको बताएका छन् ।  बालुवाटार बैठकपछि प्रतिक्रिया दिदै मन्त्री खरेलले यो छलफलपछि चुनावको माहोल बनेको दाबि गरेका छन् ।

उनले भने- 'औपचारिक रुपमा आमनेसामने भएर जेनजी प्रतिनिधि र राजनीतिक दलबीचमा जुन संवाद हुन सकेको थिएन, त्यो अवस्थामा अन्त्य भएको छ । र, अब मुलुकको बाटो अझै सहज हुने सरकारले महसुस गरेको छ ।’

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव गराउन सहयोग गर्ने बताएको उल्लेख गरे भने नेकपा एमालेका प्रतिनिधिले पनि चुनावमा जाँदैनौं भन्ने नभएको उनले बताए । उनले भने- 'तर, उहाँहरुले सुरक्षा र चुनावको वातावरण बनोस्, त्यो बनाउन सरकारले सक्छ कि सक्दैन भनेर प्रश्न गर्नुभएको छ ।’

छलफलमा एमालेले प्रतिनिधि सभा पुनस्थापना गरेर जेनजीले उठाएका माग सम्बोधन गर्नुपर्ने धारणा राखेको थियो । 

मन्त्री खरेलले छलफलमा जेनजीका सबै प्रतिनिधिले सकरात्मक रुपमा लिएको र अब मुलुक सामान्यकरणतर्फ जाने सरकारले महसुस गरेको उनले बताए । छलफलमा जेनजीका प्रतिनिधिहरुले सुशासन, भ्रष्टाचार नियन्त्रणको विषयमा कुरा उठाएको र जेनजीले पनि राजनीतिक दललाई निषेध गरेको होइन भन्दै चुनावमा आउन आह्वान गरेको जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै