• २०८२ मङ्सिर १ सोमबार

हर्क साम्पाङको टिप्पणी- मन्त्री भएपछि बाङ्गो कुरा गर्दैछन् महावीर पुन !

kharibot

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ महावीर पुनले मन्त्री भएपछि बाङ्गो कुरा गर्न लागेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले आफुलाई फोन गरेर धेरै नमच्चिनु भनेका महावीर पुन आफै मन्त्री बन्न गएको उल्लेख गर्दै मन्त्री बनेपछि बाङ्गो कुरा गर्न लागेको टिप्पणी गरेका हुन् । साम्पाङले सोझो मान्छेको किताब आफ्ना टिमले रेकर्ड ब्रेक गर्ने गरी बेचिदिएको समेत उल्लेख गरेका छन् । 

उनले भनेका छन्: 

मलाई कहिल्यै फोन नगर्ने महावीर पुनले २०८२-५-२४ गते राति जेनजीको दोस्रो दिनको आन्दोलनको दिन फोन गरेर 'हर्क भाइ धेरै नमच्चिनु ! खड्डामा हाल्छन् है' भन्नु भो ! पुङ न पुच्छर, फेद न टुप्पो असान्दर्भिक लाग्यो ! पछि आफै मन्त्री बन्न जानु भो ! सोझो मान्छेको किताब बिक्रीमा मेरा टीमका साथीहरुले रेकर्ड ब्रेक गर्ने गरी किताब बेचिकिनीदिए ! मन्त्री भए पछि अलि बाङ्गो कुरा गर्दैछन् दाजैले ! तर म रिसाको छैन !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै