काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ ।
ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशन मङ्सिर २७ देखि पोखरामा गर्नेगरी प्रस्ताव गरेका हुन् ।
यसअघि बसेको पार्टीको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।









