• २०८२ असोज २३ बिहीबार

इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको घोषणा

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् ।

ट्रम्पले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गर्दै यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिने  र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउने बताएका छन् । 

उनले भनेका छन्- 'यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ । यो अरब र मुस्लिम संसारको लागि, इजरायलको लागि, यसका सबै छिमेकीहरूको लागि र संयुक्त राज्य अमेरिकाको लागि एक महत्त्वपूर्ण र ऐतिहासिक दिन हो ।'

ट्रम्पले यस विषयमा मध्यस्थताको लागि कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै