• २०८३ बैशाख २६ शनिबार

अभिनेता विजयको तमिलनाडुमा चुनावी प्रचारमा भागदौड

अभिनेता विजयको तमिलनाडुमा चुनावी प्रचारमा भागदौड

काठमाडौँ । भारतको तमिलनाडुको करुरमा तमिलनाडु भिक्ट्री पार्टीका नेता अभिनेता विजयको प्रचारप्रसारका क्रममा भागदौड मच्चिएको छ ।

तमिलनाडु भिक्ट्री पार्टीका नेता विजयले करूरमा प्रचार गरिरहेको बेला धेरै भिड जम्मा भएपछि भागदौड मच्चिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भागदौडमा महिला र बालबालिका सहित धेरै मानिसहरू बेहोस भएको र उनीहरुलाई करूर सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

अहिलेसम्म कति घाइते भएका छन् भन्ने स्पष्ट भएको छैन । प्रहरीले भीडमा धेरै मानिसहरू बेहोस भएको र अस्पताल उपचार भइरहेको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै