• २०८२ मङ्सिर १ सोमबार

इरानबाट साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौताको स्वागत

kharibot

काठमाडौँ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौतालाई स्वागत गरेका छन् ।

इरानी राष्ट्रपति पेजेश्कियानले यो कदम यस क्षेत्रमा व्यापक सुरक्षा प्रणाली र मुस्लिम देशहरू बीच राजनीतिक, सुरक्षा र रक्षा क्षेत्रमा सहयोगको सुरुवात भएको बताएका छन् ।

संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दा, इरानी राष्ट्रपतिले कतारको राजधानी दोहामा भएको इजरायली आक्रमणको पनि निन्दा गरेका छन् । उनले भने- 'बल प्रयोग गरेर सुरक्षा सुनिश्चित गर्न सकिँदैन, यसका लागि विश्वास पुनर्स्थापित गर्न, क्षेत्रीय सम्पर्क बढाउन र बहुपक्षीय ऐक्यबद्धता आवश्यक छ ।'

पेजेश्कियानले भने- 'इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न खोजेको छैन र कहिल्यै गर्नेछैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै