काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफमा नेपाल ताजिकिस्तानसँग १-० गोल अन्तरले पछि परेको छ । ताजिकिस्तानले खेलको ३९औं मिनेट गोल गर्दै शुरुवाती अग्रता लिएको छ ।
एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।









