• २०८२ कार्तिक २६ बुधबार

लिपुलेकको विषय चीनले चलाखीका साथ पन्छायो- गोकुल बास्कोटा

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राखेको उल्लेख गर्दै चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई  शिकारीसँगै न्याय माग्न जाउ भनेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- 

विना चिप्लोमेसी भन्दा लिपुलेकका विषयमा - नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राख्यो । चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई  शिकारी सँगै न्याय माग्न जाउ भन्यो ।भारतले त नेपालको दावी ठाडै  खारेज गरेकै छ । ईतिहासका कमजोरी सच्याउन समय लाग्छ, कुटनितिक लडाइँ जारी राख्न पर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै