• २०८२ कार्तिक २६ बुधबार

मोरङको कटहरीमा सडक निर्माण समयमा नभएपछि धान रोपेर स्थानीयको विरोध

kharibot

विराटनगर  । मोरङको कटहरी गाउँपालिकामा रङ्गेली सडक हुलाकी राजमार्गमा आम जनताले सडकमा धन रोपेका छन् ।

वर्षौँदेखि निर्माणाधीन हुलाकी राजमार्गको काम अलपत्र परेपछि मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्। 

६ वर्षमा केवल २७ प्रतिशत मात्र काम भएको र वर्षायाममा हिलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा बिहीबार सांकेतिक रूपमा रोपाइँ गरी स्थानीयले आफ्नो आक्रोश पोखेका हुन् ।

कटहरी गाउँपालिका-३ स्थित कटहरी चोकमा बिहान स्थानीयहरूले एक घण्टा सडक अवरुद्ध गरी विरोध कार्यक्रम गरेका थिए । स्थानीयले आफुहरुले स्थानीय सरकारलाई पटक पटक भन्दा पनि सडकको मर्मत नगरेको भन्दै आफुहरुले प्रशासनको ध्यानकेन्द्रित गर्न विरोधस्वरूप धान रोपेको बताएका छन् ।

अहिले सडकमा पैदल हिड्न समेत गार्हो भएको भन्दै स्थानीय सरकारले पनि सडक मर्मत नगरेकोमा आक्रोशित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै