• २०८२ मङ्सिर १ सोमबार

घरपालुवा कुकुरको किरिया

kharibot

दाङ । दाङमा घरपालुवा कुकुर मरेपछि कुकुर पाल्दै आएका शशीधर पौडेलले किरिया गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगर-१७ का वडा सदस्य समेत रहेका शशीधर पौडेलले आफ्नो कुकुर मरेपछि नवौ दिनसम्म किरिया गरेका हुन् ।

कुकुरको मृत्यु साउन ६ गते भएको थियो भने पौडेलले ९ दिनसम्म किरिया गरी अन्तिम संस्कार सम्पन्न गरेका छन् । 

पौडेलले भुस्याह कुकुरको टोकाईबाट भाग्ने क्रममा खोलामा खसेर कुकुरको मृत्यु भएको जानकारी दिएका छन् ।  

साथै नवौं दिनको दिन छिमेकी र अन्य जनप्रतिनिधिसमेत सहभागी भएर कुकुरलाई अन्तिम श्रद्धान्जली दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै