• २०८२ मङ्सिर १ सोमबार

दाङ, महोत्तरी र झापाबाट जुवातास खेलिरहेका २६ जना पक्राउ

kharibot

काठमाडौँ । दाङ, महोत्तरी र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका-१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिरस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडा सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै