• २०८२ कार्तिक २८ शुक्रबार

अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

kharibot

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार पुगेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मुछिएको घुस प्रकरणको अडियोमा रञ्जिताको अवाज पनि रहेकोमा अनुसन्धानको क्रममा बयानका लागि बोलाएको हो । 

अडियोमा रञ्जिताको अवाज रहेको परिक्षणबाट पुष्टि भएपछि अख्तियारले बयानका लागि बोलाएको बताइएको छ ।  यस प्रकरणमा रञ्जिताको भूमिका बिचौलियाको रहेको विषयमा समेत अख्तियारले अनुसन्धान गरिरहेको पाइएको छ । अख्तियारले यसअघि गुप्ता र सो प्रकरणमा बिचौलिया भनिएका सुजन लामासँग बयान लिइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै