• २०८२ कार्तिक २८ शुक्रबार

मन्त्री बलराम अधिकारीले ३२ लाख लिएको दाबी गरिएको अडियो बाहिरियो

kharibot

काठमाडौँ । घुस प्रकरणमा अडियो प्रकरण बाहिरिएपछि राजुकुमार गुप्ताले पद गुमाएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडियो बाहिरिएको छ । 

सार्बजनिक भएको अडियोमा मन्त्री अधिकारीलाई ३२ लाख घुस बुझाएको दाबि गरिएको छ ।

अडियोमा पैसा लिनेमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै मन्त्री अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम लिइएको छ । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख दिएको दाबि अडियोमा गरिएको छ । 

यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी अडियोमा गरिएको छ । सो जग्गाका लागि डेढ करोड खर्च भइसकेको चर्चा आपसमा गरको पनि अडियोमा सुन्न सुनिन्छ । 

यस अघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले पनि एक अडियोमा मन्त्री अधिकारीले पैसा लिएको उल्लेख गरेका थिए । तर मन्त्री अधिकारीले प्रतिनिधिसभा बैठकमा त्यसको प्रतिवाद गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए ।

पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउनका लागि बिचौलियाहरुले मन्त्री, सचिवलाई प्रभावमा पारेको एकपछि अर्को अडियो सार्बजनिक हुने क्रम जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै