• २०८२ कार्तिक २६ बुधबार

माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित

kharibot

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । 

पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका हुन् । 

नेपालका कानुन व्यवसायीले यसअघि नै अदालत उपस्थित हुन पाउँ भन्दै विशेष अदालतमा दर्ता गरिसकेकाले आजै नेपालविरुद्धको मुद्धाको पेसी तोकेर नेपालको बयान लिइने बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै