• २०८१ बैशाख १५ शनिबार

माधवकुमार नेपाल आज स्वदेश फर्कदै

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कदैछन् । भदौं १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन ।

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन् । एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परे पछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन ।

पुर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलीपल्ट बिदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिबाद गर्दै आएका थिए । 

युरोपबाटै उनले आफु निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै